सोमबार, कात्तिक १६, २०८३

एनपीएल खेल्न डेभिड वार्नर काठमाडौं आइपुगे

 |  सोमबार, कात्तिक १६, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १६, २०८३

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा काठमाडौं गोर्खाजबाट खेल्न अस्ट्रेलियाका विस्फोटक ब्याट्सम्यान डेभिड वार्नर काठमाडौं आइपुगेका छन्।

वार्नर आइतबार राति काठमाडौं आइपुगेका हुन्। उनको आगमनसँगै काठमाडौं गोर्खाजको टोली थप उत्साहित बनेको छ।

अस्ट्रेलियाका अनुभवी बायाँहाते ओपनर वार्नर अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडी हुन्। उनले अस्ट्रेलियाबाट एकदिवसीय विश्वकप र टी–२० विश्वकपको उपाधिसमेत जितेका छन्।

एनपीएलमा वार्नरको सहभागितालाई नेपाली क्रिकेट समर्थकले चासोका साथ हेरेका छन्। उनको आक्रामक ब्याटिङले प्रतियोगितामा थप आकर्षण बढाउने अपेक्षा गरिएको छ।

जारी प्रतियोगितामा काठमाडौँ पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो। काठमाडौँले आज कर्णाली याक्सको सामना गर्दैछ। यो खेल अपराहन्न साढे १२ बजेदेखि शुरु हुदैछ।

प्रकाशित: Nov 02, 2026| 09:32 सोमबार, कात्तिक १६, २०८३