काठमाडौं- हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक आज सोमबार बस्ने भएको छ।
समितिको बैठक दिउँसो १ बजे सिंहदरबारस्थित पूर्वाधार विकास समितिको हलमा बस्नेछ। बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिनिधिसँग विपद्पछि गरिएका उद्धार, राहत, पुनर्निर्माण तथा पुनर्स्थापनाका कामको पछिल्लो प्रगतिबारे जानकारी लिइने कार्यसूची रहेको छ।
समितिले विपद्पछिको अवस्थाबारे प्राधिकरणबाट जानकारी लिएर उद्धार तथा पुनर्निर्माणका कामको प्रगति समीक्षा गर्ने जानकारी दिएको छ।