काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आज दुई खेल हुदैछन्।
आज पहिलो खेल अपराहन्न साढे १२ बजे कर्णाली याक्स र काठमाडौँ गोर्खाजबीच हुदैछ भने दोस्रो खेल साँझ ५ बजेदेखि चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ।
कर्णाली याक्सले प्रतियोगितामा शुरुका दुवै खेल जितेर शानदार शुरुवात गरेको छ। कर्णालीले जनकपुर बोल्ट्स र विराटनगर किंग्सलाई पराजित गरेको थियो। त्यस्तै काठमाडौँ गोर्खाजले आफ्नो पहिलो खेलमा हार बेहोरेको थियो। काठमाडौँ पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो।
त्यसैगरी चितवन राइनोजले भने यसअघिका दुई मध्ये एक खेलमा विराटनगरलाई पराजित गरेको थियो भने एक खेल बर्षाले अवरुद्ध हुदा लुम्बिनी लायन्ससँग अंक बाँडेको थियो।
त्यस्तै, सुदूरपश्चिम रोयल्सले भने खेलेका ३ खेलमा दुई हार र एक जित हासिल गरेको छ। सुदूरपश्चिमले पोखरालाई पराजित गरेको थियो भने लुम्बिनी र विराटनगरसँग हार बेहोरेको थियो।