आइतबार, कात्तिक १५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • बङ्गालको खाडीमा विकसित नयाँ चक्रवातले नेपालको मौसममा प्रभाव नपार्ने

बङ्गालको खाडीमा विकसित नयाँ चक्रवातले नेपालको मौसममा प्रभाव नपार्ने

 |  आइतबार, कात्तिक १५, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १५, २०८३

काठमाडौं- बङ्गालको खाडीमा विकसित हुँदै गरेको नयाँ चक्रवातले नेपालको मौसममा उल्लेखनीय प्रभाव पार्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हालको मौसम विश्लेषण गर्दा उक्त चक्रवातका कारण नेपालमा तत्काल उल्लेखनीय मौसमी परिवर्तन हुने देखिएको छैन।

महाशाखाले चक्रवातको अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ। आवश्यकताअनुसार थप मौसमी सूचना तथा अद्यावधिक विवरण सार्वजनिक गरिने पनि महाशाखाले स्पष्ट पारेको छ।

महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई पछिल्लो मौसमी सूचना र पूर्वानुमान नियमित रूपमा अवलोकन गर्न आग्रह गरेको छ।

प्रकाशित: Nov 01, 2026| 13:24 आइतबार, कात्तिक १५, २०८३