सुर्खेत- भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानीगढमा फसेका ६ जना भारतीय पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गर्ने तयारी गरिएको छ।
केही दिनदेखि लगातार भइरहेको हिमपातका कारण पर्यटकहरू गन्तव्यतर्फ अघि बढ्न नसकेपछि दानीगढ क्षेत्रमा फसेका हुन्।
प्रतिकूल मौसमका कारण उनीहरू जोखिमपूर्ण अवस्थामा रहेको जानकारी शनिबार पाइएको र आइतबार बिहानदेखि उनीहरुको उद्धार गर्न हेलिकप्टर परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ।
लगातारको हिमपातका कारण स्थलमार्गबाट उद्धार गर्न कठिनाइ भएपछि हेलिकोप्टरको सहायताले उनीहरूलाई सुरक्षित स्थानमा ल्याउने प्रयास गरिएको प्रशासनले जनाएको छ।