आइतबार, कात्तिक १५, २०८३

२५औँ सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

 |  आइतबार, कात्तिक १५, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १५, २०८३

इलाम- चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५औँ सत्याग्रहमा बसेका डा. गोविन्द केसीलाई स्वास्थ्यमा समस्या देखिएपछि इलाम अस्पताल पु¥याइएको छ। सत्याग्रह सुरु भएको तेस्रो दिनमा आइपुग्दा उनको स्वास्थ्य अवस्था कमजोर बनेपछि शनिबार अस्पताल लगिएको हो।

पानी मात्र पिएर सत्याग्रहमा रहेका केसीको रगतमा चिनी (सुगर) को मात्रा घटेको र बोल्नसमेत कठिनाइ भएको छ। उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि इलाम अस्पतालको स्वास्थ्यकर्मी टोली सत्याग्रहस्थल नारायणस्थान पुगेको थियो। 

उनलाई एम्बुलेन्समा राखेर अस्पताल पुर्याइएको हो। 

स्वास्थ्य परीक्षणपछि उनलाई थप उपचार तथा स्वास्थ्य निगरानीका लागि अस्पताल लगिएको हो।

डा. केसीको स्वास्थ्य अवस्था बिग्रीदै गए पछि स्वास्थ्यकर्मीलाई तैनाथ अवस्थामा राखिएको इलाम अस्पताल श्रोतले बताएको छ।

प्रकाशित: Nov 01, 2026| 08:39 आइतबार, कात्तिक १५, २०८३