आइतबार, कात्तिक १५, २०८३

कुटपिटबाट दाइको मृत्यु, भाई पक्राउ

 |  आइतबार, कात्तिक १५, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १५, २०८३

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–३ ग्यावा टोलमा भाइको कुटपिटबाट दाइको मृत्यु भएको छ। कुटपिटबाट घाइते भएका ६२ वर्षीय रानाबहादुर तामाङको उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार गत कात्तिक ११ गते सामान्य विवाद हुँदा उनका भाइ अन्दाजी ६० वर्षीय शम्बरबहादुर तामाङले दाइ रानाबहादुरलाई कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएका रानाबहादुरलाई उपचारका लागि जिल्ला अस्पताल भक्तपुर लगिएको थियो।

त्यहाँबाट थप उपचारका लागि दुवाकोटस्थित केएमसी अस्पताल पठाइएकोमा शनिबार दिउँसो चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनामा संलग्न शम्बरबहादुर तामाङलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 01, 2026| 08:47 आइतबार, कात्तिक १५, २०८३