आइतबार, कात्तिक १५, २०८३

ब्राइटनसँग म्यानचेस्टर सिटी स्तब्ध

 |  आइतबार, कात्तिक १५, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १५, २०८३

काठमाडौं- इङ्लिस प्रिमियर लिगअन्तर्गत ब्राइटनले म्यानचेस्टर सिटीलाई १–० गोलले पराजित गरेको छ।

गएराती सम्पन्न खेलमा ब्राइटनको जितमा यासिन आयारीले निर्णायक गोल गरेका थिए। उनले खेलको ११औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। म्याक्सिम डी क्युपरको पासमा आयारीले गरेको प्रहार गोलमा परिणत भएको थियो।

खेलमा सुरुवाती अग्रता लिएपछि ब्राइटनले आफ्नो रक्षात्मक प्रदर्शनलाई बलियो बनाएको थियो। घरेलु मैदानमा खेलेको म्यानचेस्टर सिटीले गोल फर्काउन निरन्तर प्रयास गरे पनि सफल हुन सकेन।

यस जितसँगै ब्राइटनले लिगमा महत्त्वपूर्ण तीन अंक जोडेको छ भने म्यानचेस्टर सिटीले घरेलु मैदानमै हार बेहोरेको छ। यो जितपछि ब्राइटनको ९ खेलमा १९ अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ। त्यस्तै म्यानचेस्टर सिटीको यस सिजनमा लिगमा दोस्रो हार हो। सिटीको ९ खेलमा २१ अंक छ र शिर्ष स्थानमा रहेको छ।

प्रकाशित: Nov 01, 2026| 06:52 आइतबार, कात्तिक १५, २०८३