आइतबार, कात्तिक १५, २०८३

एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै

 |  आइतबार, कात्तिक १५, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १५, २०८३

काठमाडौं- जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुदैछ। टियु क्रिकेट मैदानमा आज साँझ ५ बजेदेखि जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच खेल हुदैछ।

जारी प्रतियोगितामा जनकपुर बोल्ट्सले एक जित र एक हार बेहोरेको छ भने पोखरा एभेन्जर्सले आफ्नो पहिलो खेल हारेको छ।

जनकपुरले पहिलो खेल कर्णाली याक्ससँग १९ रनले हारेको थियो भने दोस्रो खेलमा काठमाडौँ गोर्खाजलाई ८ विकेटले पराजित गरेको थियो।

त्यस्तै पोखरा एभेन्जर्सले भने पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटको हार बेहोरेको थियो। 

प्रकाशित: Nov 01, 2026| 06:14 आइतबार, कात्तिक १५, २०८३