शनिबार, कात्तिक १४, २०८३

लेहाभ्रेमाथि पिएसजीको ५-१ को शानदार जित

 |  शनिबार, कात्तिक १४, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १४, २०८३

काठमाडौं- फ्रान्सेली घरेलु फुटबल प्रतियोगिता लिग वानअन्तर्गत भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लेहाभ्रेलाई ५–१ गोलले पराजित गरेको छ। गएराती सम्पन्न खेलमा पिएसजीले उत्कृष्ट प्रदर्शन गर्दै फराकिलो जित निकालेको हो।

खेलको १८औँ मिनेटमा जोस माजाले गोल गर्दै लेहाभ्रेलाई सुरुवाती अग्रता दिलाएका थिए। तर पिएसजीले त्यसको आठ मिनेटपछि नै मिका गोड्ट्सको गोलबाट खेल बराबरीमा ल्यायो। त्यसको दुई मिनेटपछि अचरफ हाकिमीले गोल गर्दै पिएसजीलाई २–१ को अग्रता दिलाए।

दोस्रो हाफमा हाकिमीले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिए। उनले ५५औँ मिनेटमा फ्रिकिकमार्फत व्यक्तिगत दोस्रो गोल गरे भने ६२औँ मिनेटमा सेनी मायुलुले गोल गर्दै पिएसजीको अग्रता ४–१ बनाए। खेलको ६९औँ मिनेटमा हाकिमीले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे। उनले यस खेलमा तीन गोल गर्नुका साथै दुई गोलका लागि अवसरसमेत सिर्जना गरेका थिए। उनको उत्कृष्ट प्रदर्शन पिएसजीको जितमा निर्णायक बन्यो। 

यस जितसँगै पिएसजीले लिग वानमा आफ्नो शीर्ष स्थान थप मजबुत बनाएको छ। नौ खेलबाट २० अंक जोडेको पिएसजी शिर्ष स्थानमा छ। यता लिगको पुछारमा रहेको लेहाभ्रे भने लगातार पाँचौँ हार बेहोर्दै दबाबमा परेको छ।

प्रकाशित: Oct 31, 2026| 08:21 शनिबार, कात्तिक १४, २०८३