शनिबार, कात्तिक १४, २०८३

पहिरो र लेदो खसेपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध

 |  शनिबार, कात्तिक १४, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १४, २०८३

काभ्रे- पहिरो र खहरे खोलाको लेदो सडकमा खसेपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार राजमार्गअन्तर्गत रोशी गाउँपालिका–९ पिन्थलीमा सडकमाथिबाट ढुङ्गा, माटोसहितको लेदो खसेको छ। त्यस्तै, रोशी गाउँपालिका–८ गिम्दीबेसीमा पहिरो झरिरहेको छ।

दुवै स्थानमा सडक अवरुद्ध भएपछि बीपी राजमार्गमा दुईतर्फी सवारी आवागमन पूर्णरूपमा बन्द भएको प्रहरीले जनाएको छ।

प्रहरीले सडकको अवस्थाबारे जानकारी लिन तथा आवश्यक समन्वय गर्न १००, १०३ र १२३४ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।

पहिरो तथा लेदो पन्छाएर सडक सञ्चालनमा ल्याउने कार्य नभएसम्म उक्त सडकखण्डमा यात्रा नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न यात्रु तथा सवारी चालकलाई आग्रह गरिएको छ।

प्रकाशित: Oct 31, 2026| 07:33 शनिबार, कात्तिक १४, २०८३