बिहीबार, असोज ८, २०८३

राष्ट्र बैंकले २० अर्ब निक्षेप संकलन गर्ने

 |  बिहीबार, असोज ८, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ८, २०८३

काठमाडौं-बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले आज निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्न लागेको हो। राष्ट्र बैंकले ब्याजदरमा बोलकबोलमार्फत निक्षेप संकलन गर्ने जनाएको छ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्रै सहभागी हुन पाउनेछन्। इच्छुक बैंक तथा वित्तीय संस्थाले बिहीबार अपराह्न ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल गर्नुपर्नेछ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम आह्वान गरिएको २० अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल रकम १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी हुनुपर्नेछ। राष्ट्र बैंकका अनुसार यो निक्षेप संकलन उपकरणको अवधि ३२ दिनको हुनेछ।

संकलित साँवा तथा ब्याज कात्तिक ९ गते भुक्तानी गरिनेछ। बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढ्दै गएपछि राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।

प्रकाशित: Sep 24, 2026| 12:36 बिहीबार, असोज ८, २०८३
प्रतिक्रिया दिनुहोस्