मंगलबार, असोज ६, २०८३

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, १३७ जना घाइते

 |  मंगलबार, असोज ६, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ६, २०८३

काठमाडौं- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १३७ जना घाइते भएका छन्।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा २ जनाको मृत्यु भएको छ भने कोशी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेसमा एक एक जनाको मृत्यु भएको छ।

त्यस्तै देशभर भएका दुर्घटनामा १३७ जना घाइते भएका छन्। जस अनुसार मधेश प्रदेशमा ३५ जना घाइते भएका छन् भने कोशीमा ४१ जना, काठमाडौँ उपत्यकामा १६ जना, सुदूरपश्चिममा १२ जना, बागमतीमा २ जना घाइते भएका छन् भने लुम्बिनीमा २२  जना, कर्णालीमा ३ र गण्डकीमा ६ जना घाइते भएका छन्।

प्रकाशित: Sep 22, 2026| 11:23 मंगलबार, असोज ६, २०८३
प्रतिक्रिया दिनुहोस्