सोमबार, असोज ५, २०८३

मनास्लु आरोहणका क्रममा हिउँमा पुरिएर दुई जनाको मृत्यु

 |  सोमबार, असोज ५, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०८३

गोरखा- मनास्लु हिमाल आरोहणका क्रममा क्याम्प-३ मा हिउँले पुरिएर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४७ वर्षीय जर्मन नागरिक ध्रुवज्योति गुहा र संखुवासभाको मकालु गाउँपालिका–२ का ४८ वर्षीय नेपाली गाइड फुर्सेम्बा शेर्पा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार दुवै जना असोज ३ गते राति १० बजेसम्म सम्पर्कमा थिए। त्यसपछि सम्पर्कविहीन भएपछि खोजीका लागि क्याम्प–२ बाट पासाङ पेम्बा शेर्पा र दावा शेर्पाको टोली क्याम्प–३ पुगेको थियो।

खोजीका क्रममा चुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित मनास्लु क्याम्प–३ मा दुवै जना टेन्टभित्र हिउँले पुरिएको अवस्थामा मृत फेला परेका थिए। मकालु एड्भेन्चर कम्पनीले उपग्रह सम्पर्कमार्फत क्याम्प–२ सँग सम्पर्क गरेपछि घटनाको पुष्टि भएको हो।

दुवै जना मकालु एड्भेन्चर कम्पनीमार्फत मनास्लु आरोहणका लागि भदौ २२ गते सामागाउँ पुगेका थिए। मृतकको शव उद्धार गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 21, 2026| 12:54 सोमबार, असोज ५, २०८३
प्रतिक्रिया दिनुहोस्