काठमाडौं- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने १४१ जना घाइते भएका छन्।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा गण्डकी प्रदेशमा ३ जनाको मृत्यु भएको छ भने मधेश, लुम्बिनी, कोशी प्रदेस र काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको छ।
त्यस्तै देशभर भएका दुर्घटनामा १४१ जना घाइते भएका छन्। जस अनुसार मधेश प्रदेशमा २२ जना घाइते भएका छन् भने कोशीमा ४०जना, काठमाडौँ उपत्यकामा १६ जना, सुदूरपश्चिममा १८ जना, बागमतीमा ९ जना घाइते भएका छन् भने लुम्बिनीमा २७ जना र गण्डकीमा ९ जना घाइते भएका छन्।