आइतबार, असोज ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • रसुवा बाढीमा मृत्यु हुनेको संख्या १,४११ पुग्यो, ५ हजार ८७५ हजारभन्दा बढी अझै बेपत्ता

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १,४११ पुग्यो, ५ हजार ८७५ हजारभन्दा बढी अझै बेपत्ता

 |  आइतबार, असोज ४, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०८३

काठमाडौं- रसुवामा आएको बाढीका कारण हालसम्म १ हजार ४११ जनाको मृत्यु भएको पुष्टि भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार साँझ ७ बजेसम्मको अद्यावधिक तथ्यांक सार्वजनिक गर्दै मानवीय क्षति तथा उद्धार विवरण बाहिर ल्याएको हो।

फेला परेका मृतकको विवरणमा ५४९ पुरुष, ३३६ महिला तथा ५२६ वटा आंशिक मानव अंगहरू रहेका छन्। बाढीमा परेर अझै ५ हजार ८७५ जना बेपत्ता रहेको प्राधिकरणले जनाएको छ।

बाढीका कारण विभिन्न जिल्लाहरूमा मानवीय क्षति पुगेको छ। संकलित विवरण अनुसार सबैभन्दा धेरै चितवनमा ३६४ जनाको मृत्यु भएको छ। यस्तै नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०३, रसुवामा १९९, गोरखामा ७२, धादिङमा ७२ तथा तनहुँमा ३८ जनाको ज्यान गएको छ। खोजी तथा उद्धारका क्रममा हालसम्म १३ हजार ७८४ जनाको सकुशल उद्धार गरिएको छ।

उद्धार कार्यमा नेपाली सेनामार्फत हालसम्म १ हजार ६९२ र सशस्त्र प्रहरी बलमार्फत ३२० वटा हवाई उडान सम्पन्न भएका छन्।

प्रकाशित: Sep 20, 2026| 08:20 आइतबार, असोज ४, २०८३
प्रतिक्रिया दिनुहोस्