आइतबार, असोज ४, २०८३

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

 |  आइतबार, असोज ४, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०८३

झापा- झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ।

शनिबार साँझ राजगढबाट झापा बजारतर्फ आइरहेको मोटरसाइकल सडक किनारमा राखिएको गोरुगाडामा ठोक्किँदा भारतको किशनगञ्ज, सिङ्घिमारी कर्हबरीका २४ वर्षीय रविकुमार यमिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन आवाले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका थिए। छातीमा गम्भीर चोट लागेका उहाँको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका क्रममा साँझ ७:५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

गत बिहीबार झापा गाउँपालिका–३ मा भएको मोटरसाइकल दुर्घटनामा पनि एक जना भारतीय युवकको मृत्यु भएको थियो।

प्रकाशित: Sep 20, 2026| 08:07 आइतबार, असोज ४, २०८३
प्रतिक्रिया दिनुहोस्