आइतबार, असोज ४, २०८३

टोटनह्यामको अर्को हार, एस्टन भिल्ला ३-२ ले विजयी

 |  आइतबार, असोज ४, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०८३

काठमाडौं- इङ्लिस प्रिमियर लिगमा एस्टन भिल्लाले टोटनहम हट्स्परलाई ३-२ गोलले पराजित गरेको छ। शनिबार राति टोटनहमको घरेलु मैदानमा भएको खेलमा भिल्लाले सिजनको पहिलो लिग जित हात पारेको हो।

भिल्लाका लागि योहान मान्जाम्बीले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। निकोलस ज्याक्सनले ६७औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे। त्यसपछि एमिलियानो बुएन्डियाले ७९औँ मिनेटमा गोल गर्दै भिल्लालाई ३–० को अवस्थामा पुर्‍याए।

टोटनहमले खेलको अन्त्यतिर लगातार दुई गोल फर्काएको थियो। कोनर गालाघरले ८६औँ मिनेटमा गोल गरे भने जान पाउल भान हेकेले अतिरिक्त समयको आठौँ मिनेटमा गोल गरेका थिए। तर टोटनहमले बराबरी गर्न सकेन।

यस जितसँगै एस्टन भिल्लाले पाँच खेलबाट चार अंक जोडेको छ। टोटनहम भने पाँच खेलबाट दुई अंकमै सीमित छ र यो सिजन प्रिमियर लिगमा अहिलेसम्म जितविहीन रहेको छ।

खेलअघि नै दबाबमा रहेका टोटनहमका प्रशिक्षक रोबर्टो डे जर्बीमाथि यो हारपछि थप दबाब बढेको छ।

प्रकाशित: Sep 20, 2026| 07:28 आइतबार, असोज ४, २०८३
प्रतिक्रिया दिनुहोस्