शनिबार, असोज ३, २०८३

बायर्न म्युनिखको युनियन बर्लिनमाथि ७-० गोलको फराकिलो जित

 |  शनिबार, असोज ३, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३, २०८३

काठमाडौं- जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले युनियन बर्लिनमाथि ७-० गोलको फराकिलो जित निकालेको छ। गएराति एलियान्ज एरिनामा भएको खेलमा बायर्नले पहिलो हाफमै तीन गोल गर्दै खेलमा पूर्ण नियन्त्रण बनाएको थियो।

बायर्नका लागि जमाल मुसियालाले १८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ३९औँ मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै अग्रता २-० बनाए। पहिलो हाफ सकिन दुई मिनेटअघि माइकल ओलिसेले गोल गरेपछि बायर्न ३–० ले अघि रह्यो।

दोस्रो हाफमा पनि बायर्नको आक्रमण रोकिएन। ५४औँ मिनेटमा ओलिसेको पासमा केनले हेडमार्फत व्यक्तिगत दोस्रो गोल गरे। त्यसपछि इस्माइल सैबारीले ७०औँ मिनेटमा गोल थपे। ओलिसेले ७३औँ र ७६औँ मिनेटमा लगातार दुई गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे।

यस खेलसँगै केनले बुन्डेसलिगामा १०० गोल पूरा गरेका छन्। उनले प्रतियोगिताको इतिहासमा सबैभन्दा कम खेलमा १०० गोल गर्ने खेलाडीको कीर्तिमानसमेत बनाएका छन्। केनले ९८औँ खेलमा यो उपलब्धि हासिल गरेका हुन्। यसअघि डाइटर मुलरले १२३ खेलमा १०० गोल पूरा गरेका थिए। ओलिसेका लागि पनि यो खेल विशेष रह्यो। उनले बुन्डेसलिगामा पहिलोपटक ह्याट्रिक गरेका हुन्। उनको उत्कृष्ट प्रदर्शनसँगै बायर्नले सिजनको चौथो खेलमा प्रभावशाली जित हात पारेको हो।

यो जितपछि बायर्न म्युनिख चार खेलबाट १० अंक जोड्दै बुन्डेसलिगाको शीर्ष स्थानमा पुगेको छ। युनियन बर्लिन भने चार खेलबाट एक अंकमा सीमित हुँदै तालिकाको १६औँ स्थानमा रहेको छ।

प्रकाशित: Sep 19, 2026| 07:49 शनिबार, असोज ३, २०८३
प्रतिक्रिया दिनुहोस्