काठमाडौं- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका व्यक्तिहरूको खोजीका क्रममा थप ६ शव फेला परेका छन्।
आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले अडिट–३ सुरुङभित्र ढलानका लागि बुनिएको फलामे डन्डीको जालीमा अल्झिएको अवस्थामा ती शव फेला पारेको हो।
उद्धार टोलीले काट्ने उपकरण तथा उद्धार प्रविधिको प्रयोग गरी सुरुङबाट शव बाहिर निकालेको जनाएको छ। सुरुङभित्र हिलोले छोपिएको अवस्थामा थप शवजस्तो आकृति देखिएकाले सो क्षेत्रमा खोजी कार्य जारी रहेको नेपाली सेनाले जानकारी दिएको छ।