शुक्रबार, असोज २, २०८३

श्रीलंकन कप्तान असलंका विराटनगरबाट एनपीएल खेल्ने

 |  शुक्रबार, असोज २, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २, २०८३

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि विराटनगर किंग्सले श्रीलंकाका वर्तमान टी-२० कप्तान चरिथ असलंकालाई अनुबन्ध गरेको छ।

विराटनगरले असलंकालाई भित्र्याएको औपचारिक घोषणा गरेको हो।  २९ वर्षीय असलंकाले श्रीलंकाका लागि हालसम्म ७७ टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दै १४६६ रन बनाएका छन्।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरमा लोकेश बम, बसिर अहमद, नारायण जोशी, प्रतिश जिसी, सुबास भण्डारी, सुजन थपलिया, अपराजित पौडेल, प्रतिक श्रेष्ठ, रुपेश कुमार सिंह, नरेन साउद, दिलसाद अली र इमरान सेखलगायतका घरेलु खेलाडी रहेका छन्।

एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मंसिर ५ सम्म अर्थात अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुने छ।

प्रकाशित: Sep 18, 2026| 07:57 शुक्रबार, असोज २, २०८३
प्रतिक्रिया दिनुहोस्