शुक्रबार, असोज २, २०८३

नर्विचलाई हराउदै म्यानचेस्टर सिटी काराबाओ कपको चौथो चरणमा

 |  शुक्रबार, असोज २, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २, २०८३

काठमाडौं- साविक विजेता म्यानचेस्टर सिटीले काराबाओ कपको तेस्रो चरणमा नर्विच सिटीलाई ५–० गोलले पराजित गर्दै चौथो चरणमा स्थान बनाएको छ।

इतिहाद रंगशालामा गएराति भएको खेलमा सिटीले एकतर्फी प्रदर्शन गर्दै सहज जित निकालेको हो।

सिटीको जितमा १७ वर्षीय फ्लोयड साम्बाले दुई गोल गरेका थिए। आफ्नो पहिलो खेलमै साम्बाले उत्कृष्ट प्रदर्शन गर्दै टोलीको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए। उनले २९औँ मिनेटमा हेडमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। त्यसको तीन मिनेटपछि रयान शेर्कीले गोल गर्दै घरेलु टोलीको अग्रता २–० बनाएका थिए।

दोस्रो हाफ सुरु भएको केही मिनेटमै सिटीले तेस्रो गोल गर्‍यो। ४८औँ मिनेटमा पहिलो खेल खेलिरहेका एलानले गोल गर्दै टोलीको अग्रता ३–० मा पुर्‍याए। ५४औँ मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गरे। उनले करिब २० यार्ड टाढाबाट उत्कृष्ट प्रहार गर्दै बललाई गोलको कुनामा पुर्‍याएका थिए।

खेलको अन्तिम मिनेटमा रायन म्याकआइडुले गोल गरेपछि सिटीले ५-० को शानदार जित सुनिश्चित गर्‍यो। नर्विचका मोहम्मद टुरेले ७४औँ मिनेटमा गोल गरे पनि उनी अफसाइड रहेको भन्दै गोल मान्य भएन। यो जितसँगै सिटीले काराबाओ कपको चौथो चरणमा स्थान बनाएको छ। अब उसले चौथो चरणमा ब्राइटनसँग घरेलु मैदानमा खेल्नेछ।

प्रकाशित: Sep 18, 2026| 07:01 शुक्रबार, असोज २, २०८३
प्रतिक्रिया दिनुहोस्