इलाम- देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप सडकमा पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
बिहीबार प्रदेश १–०१–००१ ज ३७०६ नम्बरको बोलेरो जिप सडकमा पल्टिँदा देउमाई नगरपालिका–१ चमैताका करिब ३५ वर्षीय चालक तीर्थराज बस्नेत जिपले थिचिएका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षकको नेतृत्वमा घटनास्थल अनुसन्धान टोलीसहितको प्रहरी टोली खटिएको थियो। प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाउनुका साथै दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।