बिहीबार, असोज १, २०८३

भोटेकोशी बाढीमा जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

 |  बिहीबार, असोज १, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १, २०८३

जुम्ला- भोटेकोशीमा बाढीमा परेर यहाँका ६३ जना अझै सम्पर्कविहीन रहेका छन्।

प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंका अनुसार ९३ जना सम्पर्कविहीन भएकामा हालसम्म ३० जना सम्पर्कमा आएका छन्। वाँकी ६३ जना अझै सम्पर्कविहीन रहेको उनले जानकारी दिए।

पातारासी गाउँपालिका मात्रै ४९ जना सम्पर्कविहीन भएका छन्। उनीहरु रसुवाको हाँकुबेँसीबाट बेपत्ता भएको स्थानीय भक्त बुढाले जानकारी दिए। गाउँपालिकाले बेपत्ता नागरिकका परिवारलाई  पहिलो चरणमा राहत उपलब्ध गराएको छ। प्रतिपरिवार रु ४१ हजारका दरले राहत उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए।

पालिकाको कार्यविधिअनुसार तत्काल रु ३० हजार र सहयोगीले दिएको रु ११ हजार थप गरी सहयोग उपलब्ध गराइएको छ। यस्तै, खाद्यान्न उपलब्ध गराइएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाको भनाइ छ। स्थानीय जङ्गवीर बोहोराको अगुवाइमा सङ्कलित रु पाँच लाख ७७ हजार र पालिकाको रु १४ लाख ७७ गरी रु २० लाख ४७ हजार राहत उपलब्ध भएको  गाउँपालिकाले जनाएको छ।

प्रकाशित: Sep 17, 2026| 06:13 बिहीबार, असोज १, २०८३
प्रतिक्रिया दिनुहोस्