बझाङ- कुटपिटबाट घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।
भदौ २२ गते साँझ करिब ७ बजे दुर्गाथली गाउँपालिका–५ जाफ्रीका ५० वर्षीय झलक जप्रेललाई सामान्य विवादका क्रममा सोही ठाउँका २८ वर्षीय लोकेन्द्र जप्रेलले कुटपिट गरेको प्रहरीले जनाएको छ।
कुटपिटबाट घाइते झलकको धनगढीस्थित केयर टेकर अस्पतालमा उपचार भइरहेको थियो। उनको भदौ ३१ गते बिहान ७: ५० बजे चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए।
घटनामा संलग्न लोकेन्द्र जप्रेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।