बुधबार, भदौ ३१, २०८३

काराबाओ कपमा आर्सनल र लिभरपुल विजयी

 |  बुधबार, भदौ ३१, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०८३

काठमाडौं- काराबाओ कपको तेस्रो चरणअन्तर्गत मंगलबार राति भएका पाँच खेलमा आर्सनल, लिभरपुल, फुलहम र ब्रेन्टफोर्डले जित निकाल्दै चौथो चरणमा स्थान बनाएका छन्।

आर्सनलले इप्सविच टाउनलाई ४–२ ले पराजित गर्‍यो। आर्सनलका लागि म्याक्स डोम्यानले दुई तथा नोनी माडुके र मिकेल मेरिनोले एक–एक गोल गरेका थिए।

लिभरपुलले टोटनहम हटस्परलाई ३–१ ले हरायो। लिभरपुलका एलेक्सिस म्याक एलिस्टर, कोडी गाक्पो र डोमिनिक सोबोस्लाईले गोल गरे भने टोटनहमका लागि कोनर गालाघरले एक गोल फर्काएका थिए।

फुलहमले वेस्ट ह्यामलाई ३–२ ले पराजित गर्दा ब्रेन्टफोर्डले रिडिङलाई २–१ ले हराउँदै अर्को चरणमा प्रवेश गरेको छ।

अर्को खेलमा पिटरबरो युनाइटेड र बार्न्स्लीबीच ३–३ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा पिटरबरो ७–६ ले विजयी भयो।

यससँगै यी पाँच टोलीले काराबाओ कपको चौथो चरणमा स्थान पक्का गरेका छन्।

प्रकाशित: Sep 16, 2026| 07:43 बुधबार, भदौ ३१, २०८३
प्रतिक्रिया दिनुहोस्