मंगलबार, भदौ ३०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • इन्द्रसरोवरमा इभी गाडी दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु

इन्द्रसरोवरमा इभी गाडी दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु

 |  मंगलबार, भदौ ३०, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०८३

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित महालक्ष्मी खोला नजिकै इभी (इलेक्ट्रिक भेकल) गाडी दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ।

काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०७२० नम्बरको इभी मङ्गलबार अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। गाडीमा ६ पुरुष र २ महिला गरी जम्मा ८ जना सवार थिए।

दुर्घटनाको जानकारी पाउनासाथ जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख रमेश विष्टको नेतृत्वमा प्रहरी र ट्राफिकको टोली उद्धारका लागि घटनास्थल पुगिसकेको छ। दुर्घटनामा परेका घाइतेहरूको उद्धार गरी उपचारका लागि पठाउने काम भइरहेको छ भने मृतक तथा घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 15, 2026| 17:20 मंगलबार, भदौ ३०, २०८३
प्रतिक्रिया दिनुहोस्