मंगलबार, भदौ ३०, २०८३

मिनी ट्रकको ठक्करबाट कैलालीमा ५ वर्षीय बालकको मृत्यु

 |  मंगलबार, भदौ ३०, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०८३

कैलाली- कैलालीको गौरीगंगा नगरपालिका–२ झिलस्थित पूर्व–पश्चिम राजमार्गमा मिनी ट्रकको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु भएको छ।

मंगलबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से १ क १३५२ नम्बरको मिनी ट्रकले पैदल हिँडिरहेका गौरीगंगा नगरपालिका–२ का भरत देउवाका ५ वर्षीय छोरा लेखराज देउवालाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते लेखराजको टाउको र छातीमा चोट लागेको थियो। उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा बिहान ९: २० बजे मृत्यु भएको चिकित्सकले घोषणा गरेका हुन्।

प्रहरीले मिनी ट्रकका चालक लम्कीचुहा नगरपालिका–२ का २९ वर्षीय सुनिल चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Sep 15, 2026| 13:48 मंगलबार, भदौ ३०, २०८३
प्रतिक्रिया दिनुहोस्