काठमाडौं- ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७८७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ।
मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७५, सिसिटिभिमार्फत ६५, रातोबत्तीमा ८७ जना चालकलाई कारबाही गरिएको छ।
यसैगरी, तीव्रगतिमा ११७, हर्न निषेधमा १९, लेन क्रसमा १२, अवस्था ठिक नभएको २४, एकतर्फीमा ४ र अन्यमा ३८८ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।