मंगलबार, भदौ ३०, २०८३

लिड्ससँग न्यूक्यासलको लज्जास्पद हार

 |  मंगलबार, भदौ ३०, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०८३

काठमाडौं- इङलिश प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा लिड्स युनाइटेडले न्यूक्यासल युनाइटेडलाई ४–१ गोलले पराजित गरेको छ। घरेलु मैदान एलान्ड रोडमा लिड्सले पहिलो हाफमै तीन गोल गर्दै खेल आफ्नो पक्षमा पारेको थियो।

लिड्सले ३२औँ मिनेटमा न्यूक्यासलका लुइस माइलीको आत्मघाती गोलबाट अग्रता लिएको थियो। त्यसको केही मिनेटमै जेडेन बोगलले गोल गर्दै लिड्सको अग्रता दोब्बर बनाए। पहिलो हाफको थप समयमा डोमिनिक काल्भर्ट लेविनले गोल गरेपछि लिड्स ३-० ले अगाडि रह्यो।

दोस्रो हाफमा पनि लिड्सले आक्रामक खेललाई निरन्तरता दियो। नोह ओकाफोरले गोल गर्दै घरेलु टोलीको अग्रता ४-० बनाए। खेलको अन्तिम मिनेटमा न्यूक्यासलका बाजुमाना तुरेले सान्त्वना गोल गरे पनि त्यसले नतिजामा कुनै प्रभाव पार्न सकेन।

यस जितसँगै लिड्स चार खेलबाट आठ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। लिड्सले यस सिजनको प्रिमियर लिगमा आफ्नो अपराजित यात्रा पनि कायम राखेको छ।

न्यूक्यासलका लागि भने यो सिजनको पहिलो हार हो। नयाँ प्रशिक्षक मातियास जाइसलको नेतृत्वमा टोलीले पहिलो हार बेहोरेको हो। चार खेलबाट पाँच अंकसहित न्यूक्यासल तालिकाको १२औँ स्थानमा पुगेको छ।

लिड्सका प्रशिक्षक डानियल फार्केको टोलीले पहिलो हाफमा देखाएको तीव्रता, बलमाथिको नियन्त्रण र आक्रमणमा प्रभावकारी प्रदर्शनका कारण न्यूक्यासलले खेलभर दबाब सिर्जना गर्न सकेन।

प्रकाशित: Sep 15, 2026| 07:28 मंगलबार, भदौ ३०, २०८३
प्रतिक्रिया दिनुहोस्