काठमाडौं- राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै छ।
आज ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने नाराका साथ राष्ट्रिय बाल अधिकार दिवस मनाउँन लागेको हो। राष्ट्रिय बाल अधिकार दिवस प्रत्येक वर्ष भदौ २९ गते मनाउने गरिन्छ।
बालमैत्री वातावरण निर्माण गर्दै बाल अधिकारको संरक्षण र प्रवर्द्धनका लागि नागरिक समाज, अभिभावक तथा सम्पूर्ण सरोकारवाला निकायहरूलाई थप जिम्मेवार बनाउने उद्देश्यले यो दिवस मनाउँने गरिन्छ।