आइतबार, भदौ २८, २०८३

तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

 |  आइतबार, भदौ २८, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०८३

तनहुँ- व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा ट्रक अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ।

आइतबार बिहान करिब ८: ३० बजे डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना.६ ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–६ का २६ वर्षीय चालक अजय थिङ घाइते भएका थिए।

उद्धार गरी प्रदेश अस्पताल दमौली पुर्‍याइएका थिङलाई चिकित्सकले बिहान ९ बजे मृत घोषणा गरेका थिए। ट्रकका सहचालकको घुँडामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 13, 2026| 12:41 आइतबार, भदौ २८, २०८३
प्रतिक्रिया दिनुहोस्