आइतबार, भदौ २८, २०८३

रुकुम पश्चिममा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते

 |  आइतबार, भदौ २८, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०८३

रुकुम पश्चिम- रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ मा आज बिहान भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–रुघाका चालक सुन्दर खड्का मगर र सानीभेरी–६ की १५/१६ वर्षीया प्रेमकला पुन रहेका छन्।

सानीभेरी–६ को कोटगाउँबाट सिम्ली जाँदै गरेको लु १ च ६०२९ नम्बरको जीप देउताखोलामा सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा तीन जनाको अवस्था गम्भीर रहेको छ भने आठ जना मध्यमदेखि सामान्य घाइते भएका छन्। घाइतेलाई उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमा सुर्खेत लागिएको छ।

प्रकाशित: Sep 13, 2026| 12:08 आइतबार, भदौ २८, २०८३
प्रतिक्रिया दिनुहोस्