आइतबार, भदौ २८, २०८३

प्रधानसेनापति सिग्देल आज चीन भ्रमणमा जाँदै

 |  आइतबार, भदौ २८, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०८३

काठमाडौं- प्रधानसेनापति अशोकराज सिग्देल चीन भ्रमणमा जान लागेका छन्। प्रधानसेनापति सिग्देल एयर चाइनाको जहाजबाट आइतबार बिहान ११ बजे छेन्दु जाने भएका हुन्।

प्रधानसेनापति बनेपछि हुन लागेको सिग्देलको यो पहिलो चीन भ्रमण हो। यसअघि गत भदौ २७ देखि असोज ४ गतेसम्म गोन्जाउ र सांघाइमा सैनिक एकाइहरूको कार्यक्रममा सहभागी हुने भ्रमण स्वीकृत भएपनि जेनजी आन्दोलन भएपछि उनको भ्रमण स्थगित भएको थियो।

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच सगरमाथा फ्रेन्डसीप नामको  सैन्य अभ्यास हुँदै आएको छ। यस वर्ष पनि सैन्य अभ्यासको तयारी भइरहेको बेला सिग्देल चीन भ्रमणमा जान लागेका हुन्। करिब एक साता लामो भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सैनिक सम्बन्ध, सुरक्षा सहकार्यका विषयमा छलफल हुने नेपाली सेनाको स्रोतले जानकारी दिएको छ।

सिग्देलको भ्रमणबारे नेपाल र चीन दुवै पक्षले औपचारिक घोषणा गरेका छैनन्।

प्रकाशित: Sep 13, 2026| 09:29 आइतबार, भदौ २८, २०८३
प्रतिक्रिया दिनुहोस्