आइतबार, भदौ २८, २०८३

रियल मड्रिडको रायो भाल्येकानोमाथि शानदार जित

 |  आइतबार, भदौ २८, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०८३

काठमाडौं- स्पेनिस ला लिगामा रियल मड्रिडले रायो भाल्येकानोलाई ४–१ गोलले पराजित गरेको छ। सान्टियागो बर्नाबेउमा शनिबार राति भएको खेलमा रियलले पहिलो हाफमै तीन गोल गरेको थियो।

रियलका लागि किलियन एम्बाप्पेले दुई गोल गरे भने अल्भारो कारेरास र जुड बेलिङ्घमले एक एक गोल गरेका थिए। एम्बाप्पेले १४औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। त्यसको तीन मिनेटपछि कारेरासले गोल गर्दै अग्रता दोब्बर पारेका थिए। ३५औँ मिनेटमा बेलिङ्घमले तेस्रो गोल गरेका थिए।

दोस्रो हाफको ५१औँ मिनेटमा सर्जियो कामेलोले रायोका लागि गोल गर्दै अन्तर घटाएका थिए। त्यसपछि रायोले केही अवसर सिर्जना गरे पनि रियलले खेलमा नियन्त्रण कायम राखेको थियो। इन्जुरी समयको पहिलो मिनेटमा एम्बाप्पेले अर्को गोल गर्दै रियलको ४–१ को जित पक्का गरेका थिए।

यससँगै एम्बाप्पेले जारी सिजनमा ६ खेलबाट सात गोल गरेका छन्। रियलले बर्नाबेउमा लगातार चौथो जितसमेत हात पारेको छ। जितपछि रियल १२ अंकसहित शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरीमा पुगेको छ।

प्रकाशित: Sep 13, 2026| 08:47 आइतबार, भदौ २८, २०८३
प्रतिक्रिया दिनुहोस्