शनिबार, भदौ २७, २०८३

एसीसी प्रिमियर कप फाइनलः नेपालले टस जित्यो

 |  शनिबार, भदौ २७, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २७, २०८३

काठमाडौं- मलेसियामा जारी एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र युएई आमने सामने हुदैछन्।

फाइनल खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ। योसँगै युएईले पहिला बलिङ गर्ने भएको छ।

आजको खेलमा सन्दीप लामिछाने (कप्तान), आसिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, सन्दीप जोरा, इशान पाण्डे, गुलशन झा, ललित राजबंशी र करण केसी खेलिरहेका छन्।

नेपालले सेमिफाइनलमा ओमानलाई पराजित गरेको थियो भने युएईले हङकङ चाइनालाई पराजित गरेको थियो।

नेपाल र युएईवीच अहिलेसम्म १५ एकदिवसीय खेल भएका छन्। जसमा नेपाल ९ खेल जितेको छ भने युएईले ६ खेल जितेको छ।

प्रकाशित: Sep 12, 2026| 07:13 शनिबार, भदौ २७, २०८३
प्रतिक्रिया दिनुहोस्