शनिबार, भदौ २७, २०८३

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८९४ जनालाई कारबाही

 |  शनिबार, भदौ २७, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २७, २०८३

काठमाडौं- ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८९४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ।

 शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८१, सिसिटिभिमार्फत ५९, रातोबत्तीमा ६९ जना चालकलाई कारबाही गरिएको छ। 

यसैगरी, तीव्रगतिमा १०६, हर्न निषेधमा १९, लेन क्रसमा २८, अवस्था ठिक नभएको २०, एकतर्फीमा ९ र अन्यमा ५०३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 12, 2026| 06:16 शनिबार, भदौ २७, २०८३
प्रतिक्रिया दिनुहोस्