बिहीबार, भदौ २५, २०८३

संस्कृत विश्वविद्यालयको रेक्टरमा रेग्मी र रजिस्ट्रारमा कट्टेल नियुक्त

 |  बिहीबार, भदौ २५, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०८३

काठमाडौं- सरकारले नेपाल संस्कृत विश्वविद्यालयको रेक्टर (शिक्षाध्यक्ष) र रजिस्ट्रार (कुलसचिव) नियुक्त गरेको छ। शिक्षामन्त्री सस्मित पोखरेलले रेक्टरमा प्राडा जगन्नाथ रेग्मी र रजिस्ट्रारमा प्राडा नवराज कट्टेललाई नियुक्त गरेका हुन्।

उक्त विश्वविद्यालयको उपकुलपतिमा प्राडा भीम खतिवडा नियुक्त भएका थिए। 

नियुक्त तीनैजना पदाधिकारीहरू खुला प्रतिस्पर्धाबाट चयन भएका हुन्। सरकाले प्राडा माधवशरण उपाध्यायको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको थियो।

उक्त समितिले खुला प्रतिस्पर्धा गराएर तीन पदाधिकारीका लागि तीन–तीनजनाको नाम सिफारिस गरेको थियो।

प्रकाशित: Sep 10, 2026| 12:52 बिहीबार, भदौ २५, २०८३
प्रतिक्रिया दिनुहोस्