मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्वकपमा ऐतिहासिक कीर्तिमानपछि एमबाप्पेको ब्यालोन डी'ओर सम्भावना बलियो

विश्वकपमा ऐतिहासिक कीर्तिमानपछि एमबाप्पेको ब्यालोन डी'ओर सम्भावना बलियो

 |  मंगलबार, भदौ २३, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २३, २०८३

काठमाडौं- फ्रान्सका कप्तान तथा रियल म्याड्रिडका स्टार फरवार्ड किलियन एमबाप्पेले फिफा विश्वकपमा गरेको ऐतिहासिक प्रदर्शनले आफूलाई ब्यालोन डी’ओरको बलियो दाबेदार बनाएको बताएका छन्।

उनले रियल म्याड्रिडजस्तो विश्वकै ठूलो क्लबमा खेल्दा व्यक्तिगत पुरस्कारको अपेक्षा स्वाभाविक हुने पनि उल्लेख गरेका छन्।

च्याम्पियन्स लिगको पहिलो खेलमा इन्टर मिलानसँगको भेटअघि बोल्दै २७ वर्षीय एमबाप्पेले यसपटकको विश्वकप आफ्नो करिअरकै विशेष अभियान भएको बताए। उनले विश्वकपमा १० गोल गर्दै गोल्डेन बुट जितेका थिए भने प्रतियोगितामा आफ्नो कुल गोल संख्या २२ पु¥याएर विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन्।

‘यो गर्मीयाममा मैले खेलकुदकै सबैभन्दा ठूलो प्रतियोगितामा धेरै इतिहास रचेँ। यो ब्यालोन डी’ओर जित्नका लागि राम्रो वर्ष हुन सक्छ, तर अन्तिम निर्णय मतदाताको हातमा हुन्छ,‘एमबाप्पेको भनाइ उद्धृत गर्दै गोल डटकमले जनाएको छ।

फ्रान्स विश्वकपमा चौथो स्थानमा सीमित भए पनि एमबाप्पेको व्यक्तिगत प्रदर्शनले प्रतिष्ठित पुरस्कारको दौडमा उनको सम्भावना अझ बलियो बनाएको छ। उनले अहिलेसम्म ब्यालोन डी’ओर जित्न सकेका छैनन्।

रियल म्याड्रिडमा खेल्दा सामूहिक र व्यक्तिगत दुवै सफलता जोडिने भएकाले ब्यालोन डी’ओरबारे चर्चा हुनु स्वाभाविक रहेको उनले बताए। ‘मानिसहरूले सडकमा भेट्दा पनि ब्यालोन डी’ओरकै कुरा गर्छन् र मलाई सम्भावित विजेताका रूपमा हेर्छन,‘उनले भने।

यद्यपि, उनले आफ्नो गोल गर्ने लय उत्कृष्ट रहे पनि रियल म्याड्रिडले अझ सुधार गर्नुपर्ने स्वीकार गरेका छन्। उस्मान डेम्बेले र राफिन्हासँग गरिने तुलना आफूलाई मन नपर्ने भन्दै प्रत्येक खेलाडीको भूमिका फरक हुने उनले बताए।

व्यक्तिगत पुरस्कारभन्दा टोलीको सफलता आफ्नो प्राथमिकता रहेको एमबाप्पेको भनाइ छ। ‘यदि ३० गोल मात्र गरेर पनि उपाधि जित्न सकिन्छ भने म त्यही रोज्छु। मलाई उपाधि नै बढी महत्त्वपूर्ण छ। तर गोल पनि गर्न चाहन्छु र दुवै हासिल गर्ने लक्ष्य छ,‘ उनले भने। एएनआई

प्रकाशित: Sep 08, 2026| 15:01 मंगलबार, भदौ २३, २०८३
प्रतिक्रिया दिनुहोस्