काठमाडौं- हङकङ चाइनाले जारी एसीसी प्रिमियर कप अन्तर्गतको खेलमा नेपाललाई २६२ रनको लक्ष्य दिएको छ।
मलेसियामा जारी खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै हङकङ चाइनाले ५० ओभरमा ७ विकेट गुमाउदै २६१ रन बनाएको हो।
हङकङ चाइनाका लागि बाबर ह्यातले शतकीय पारी खेलेका थिए। उनले अविजित रहदै ११७ रन बनाएका थिए। त्यस्तै शहिद वासिफले ४५ रन बनाए भने एहसान खानले अविजित ३५ रन बनाएका थिए। त्यसैगरि नेपाली बलर सन्दीप लामिछानेले ४ र शेर मल्लले ३ विकेट लिएका थिए।
नेपालले यसअघि नै लगातार तीन खेल जितेर सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ भने हङकङ चाइनाका लागि सेमिफाइनलमा पुग्न यो खेल जित्नैपर्ने अवस्था रहेको छ।