मंगलबार, भदौ २३, २०८३

एसीसी प्रिमियर कपमा आज नेपालको सामना हङकङ चाइनासँग

 |  मंगलबार, भदौ २३, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २३, २०८३

काठमाडौं- नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत आज हङकङ चाइनासँग खेल्दैछ। 

नेपाली समय अनुसार बिहान ७: १५ बजेदेखि शुरु हुने यो खेल मलेसियाको क्वालालम्पुरस्थित क्रिकेट मैदानमा हुदैछ।

नेपालले यसअघि खेलेका तिनै खेलमा बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गरेर सेमिफाइनलमा पुगिसकेको छ। त्यस्तै हङकङ चाइनाले भने यस अघि खेलेका ३ खेलमा २ जित र एक हार बेहोरेको छ। हङकङ चाइनाले साउदी अरेबिया र मलेसियालाई पराजित गरेको थियो भने बहराइनसँग पराजित भएको थियो। हङकङ चाइनाका लागि सेमिफाइनलमा पुग्न यो खेल जित्नैपर्ने अवस्था रहेको छ । 

नेपाल क्रिकेट संघ (क्यान) ले यस प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टिम पठाएको छ। नेपाली टिममा सन्दीप लामिछाने (कप्तान), असिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजबंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा रहेका छन्।

प्रकाशित: Sep 08, 2026| 05:56 मंगलबार, भदौ २३, २०८३
प्रतिक्रिया दिनुहोस्