सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • रुस-युक्रेन युद्ध रोक्न अमेरिकी प्रयास जारी, मस्कोपछि किभ पुग्यो विशेष टोली

रुस-युक्रेन युद्ध रोक्न अमेरिकी प्रयास जारी, मस्कोपछि किभ पुग्यो विशेष टोली

 |  सोमबार, भदौ २२, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०८३

काठमाडौं- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध जाडोयामसम्म जारी रहने सम्भावना रहेको बताएका छन्। अमेरिकी प्रतिनिधिसँग किभमा भएको वार्तापछि उनले युद्ध अन्त्यका लागि तत्काल कुनै ठोस सहमति नभएको बताएका थिए।

अमेरिकी प्रतिनिधि स्टिभ विट्कफ र जारेड कुशनरसँगको वार्तालाई दुवै पक्षले सकारात्मक भने पनि युद्ध अन्त्य गर्ने विषयमा सफलता हासिल भएको घोषणा गरिएको छैन।

जेलेन्स्कीले क्षेत्रीय विवाद समाधानका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता आवश्यक रहेको दोहोर्‍याएका छन्। रुसले युक्रेनका थप भूभाग कब्जा गर्ने लक्ष्य राखेको भन्दै किभले ती माग स्वीकार गर्न नसक्ने जनाएको छ। अमेरिकी प्रतिनिधिले दुवै पक्षले केही समझदारी गर्नुपर्ने बताएका छन्। अमेरिकी विशेष प्रतिनिधि विट्कफ र कुशनर किभ पुग्नु अघि मस्कोमा पुटिनसँग भेटवार्ता गरेका थिए।

प्रकाशित: Sep 07, 2026| 14:33 सोमबार, भदौ २२, २०८३
प्रतिक्रिया दिनुहोस्