सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • आर्सनलले चेल्सीलाई हरायो, एभर्टनले म्यानचेस्टर युनाइटेडलाई बराबरीमा रोक्यो

आर्सनलले चेल्सीलाई हरायो, एभर्टनले म्यानचेस्टर युनाइटेडलाई बराबरीमा रोक्यो

 |  सोमबार, भदौ २२, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०८३

काठमाडौं- इङ्लिस प्रिमियर लिगमा आर्सनलले चेल्सीलाई २–१ ले पराजित गर्दै लगातार तेस्रो जित निकालेको छ। यता म्यानचेस्टर युनाइटेडले दुई पटक अग्रता लिए पनि एभर्टनसँग २–२ को बराबरीमा रोकिएको छ।

आइतबार राति भएको लन्डन डर्बीमा चेल्सीका मोर्गन रोजर्सले खेल सुरु भएको ७७ सेकेन्डमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर आर्सनलले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेको थियो।

खेलको २५औँ मिनेटमा काइ हाभर्ट्जले गोल गर्दै आर्सनललाई खेलमा फर्काएका थिए। दोस्रो हाफ सुरु भएको पाँच मिनेटमै कप्तान मार्टिन ओडेगार्डले गोल गरेपछि आर्सनल २–१ ले अगाडि बढेको थियो। त्यसपछि चेल्सीले बराबरीका लागि प्रयास गरे पनि आर्सनलले अग्रता जोगाएको थियो।

यस जितसँगै आर्सनलले तीन खेलबाट तीनै खेल जित्दै आफ्नो शतप्रतिशत सुरुआत कायम राखेको छ। चेल्सी भने नयाँ प्रशिक्षकको नेतृत्वमा पहिलो हार बेहोर्न बाध्य भएको छ।

अर्को खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनसँग २–२ को बराबरी खेलेको थियो। दोस्रो हाफ सुरु भएको एक मिनेटमै ब्रायन एम्बुमोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। खेलको  ८३औँ मिनेटमा टाइरिक जर्जले एभर्टनका लागि गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

त्यसपछि, खेलको ८८औँ मिनेटमा बेन्जामिन सेस्कोले हेडमार्फत गोल गरेपछि युनाइटेड फेरि २–१ ले अगाडि बढेको थियो। तर इन्जुरी समयको छैटौँ मिनेटमा एन्स्ली मैटल्यान्ड नाइल्सले करिब २५ गज टाढाबाट उत्कृष्ट प्रहार गर्दै एभर्टनलाई २–२ को बराबरीमा पुर्‍याएका थिए।

यस बराबरीसँगै युनाइटेडले जारी सिजनमा तीन खेलबाट चार अंक जोडेको छ भने एभर्टनले अपराजित यात्रा कायम राख्दै पाँच अंक बनाएको छ।

प्रकाशित: Sep 07, 2026| 08:22 सोमबार, भदौ २२, २०८३
प्रतिक्रिया दिनुहोस्