सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकाको मियामीमा कार्गो विमान दुर्घटना, पाँच जनाको मृत्यु

अमेरिकाको मियामीमा कार्गो विमान दुर्घटना, पाँच जनाको मृत्यु

 |  सोमबार, भदौ २२, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०८३

काठमाडौं- अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बोइङ ७६७ कार्गो विमान धावनमार्गबाट बाहिरिएर केही सवारीसाधनमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ।

दुर्घटनामा पाँच जना घाइते भएका छन्, जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।

अमेजन एयरका लागि सञ्चालनमा रहेको विमान धावनमार्गबाट बाहिरिएपछि आगलागी भएको थियो। उद्धारका लागि ६० भन्दा बढी दमकल तथा २०० भन्दा बढी आपत्कालीन कर्मचारी परिचालन गरिएको थियो।

विमान पोर्टो रिकोको सान हुआनबाट मियामी पुगेको थियो। दुर्घटनाको कारण खुलेको छैन। अमेरिकी उड्डयन प्रशासन र राष्ट्रिय यातायात सुरक्षा बोर्डले घटनाको अनुसन्धान थालेका छन्।

दुर्घटनापछि विमानस्थलका केही धावनमार्ग बन्द हुँदा १६० भन्दा बढी उडान रद्द भएका थिए भने करिब ३२५ उडानमा ढिलाइ भएको थियो।

प्रकाशित: Sep 07, 2026| 08:51 सोमबार, भदौ २२, २०८३
प्रतिक्रिया दिनुहोस्