शुक्रबार, कात्तिक ६, २०८३

एनभीएलमा खप्तड फाल्कन्समाथि कर्णाली शिवराज सोझो सेटमा विजयी

 |  आइतबार, भदौ २१, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०८३

काठमाडौं। जारी नेपाल भलिबल लिग (एनभीएल) मा खेल कर्णाली शिवराजले खप्तड फाल्कन्सलाई पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न दोस्रो खेलमा कर्णालीले खप्तडलाई तीन सेटको सोझो सेटमा पराजित गरेको हो।  

कर्णालीले खप्तडलाई २५-१९, २५-१९ र २५-१९ को सेटले पराजित गरेको छ। यसअघि आजै सम्पन्न पहिलो खेलमा अन्नपूर्ण स्पाइकर्सले काठमाडौँ रेड्सलाई तीन सेटको सोझो सेटमा पराजित गरेको थियो।

एनभीएलमा मधेश वारियर्स र अन्नपूर्ण स्पाइकर्सबीच दिउँसो ४ बजे तथा सगरमाथा स्मासर्ससँग र कर्णाली शिवराजबीच साँझ ७ बजे खेल हुने तालिका छ।

प्रकाशित: Sep 06, 2026| 20:58 आइतबार, भदौ २१, २०८३
प्रतिक्रिया दिनुहोस्

थप समाचार

चर्चामा एनपीएलको तेस्रो संस्करण, दर्शकमा बढदो क्रेज

नेपालको बहुचर्चित क्रिकेट लिग नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करण प्रारम्भ हुने मिति जतिजति नजिकिँदै छ दर्शकहरुमा प्रतीक्षा समाप्तिको व्यग्रता पनि त्यतिकै बढिरहेको छ।