काठमाडौं। जारी नेपाल भलिबल लिग (एनभीएल) मा भएको आजको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर्सले काठमाडौं रेड्सलाई तीन सेटको सोझो सेटमा पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार सम्पन्न खेलमा अन्नपूर्णले काठमाडौंलाई २५-२३. २८-२३ र २५-२३ को सोझो सेटमा पराजित गरेको हो।
यसअघि पहिलो खेलमा अन्नपूर्ण कर्णाली शिवराजसँग पराजित भएको थियो। त्यस्तै पहिलो खेल जितेको काठमाडौंले भने दोस्रो खेलमा हार बेहोरेको छ।
एनभीएल अन्तर्गत आजै दोस्रो खेल कर्णाली शिवराज र खप्तड फाल्कन्सबीच साँझ ७ बजे खेल हुदैछ।