आइतबार, भदौ २१, २०८३

साउदी अरेबियाले नेपाललाई दियो १९१ रनको लक्ष्य

 |  आइतबार, भदौ २१, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०८३

काठमाडौं- साउदी अरेबियाले नेपाललाई १९१ रनको लक्ष्य दिएको छ।

मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको साउदी अरेबियाले ४९.२ ओभरमा अल आउट हुदै १९० रन बनाएको हो।

साउदी अरेबियाका लागि अब्दुल वाहीदले सर्बाधिक ७७ रन बनाए भने मुहमद अतिफले ३०, मुहमद हिशाम अलीले २८ रन बनाएका थिए।

त्यसैगरी, नेपाली बलर सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले ३-३ विकेट लिए भने ललित राजबंशीले २ तथा शेर मल्ल र गुलशन झाले एक एक विकेट लिएका थिए।

प्रकाशित: Sep 06, 2026| 10:47 आइतबार, भदौ २१, २०८३
प्रतिक्रिया दिनुहोस्