आइतबार, भदौ २१, २०८३

एनभीएलमा आज दुई खेल हुँदै

 |  आइतबार, भदौ २१, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०८३

काठमाडौं- जारी नेपाल भलिबल लिग (एनभीएल) मा आज दुई खेल हुदैछन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज अन्नपूर्ण स्पाइकर्स र काठमाडौँ रेड्सबीच दिउँसो ४ बजे तथा कर्णाली शिवराज र खप्तड फाल्कन्सबीच साँझ ७ बजे खेल हुनेछ।

अन्नपूर्णले पहिलो खेलमा कर्णालीसँग पराजित भएको तिह्यो भने काठमाडौँले पहिलो खेलमा मधेश वारियर्स;लाई पराजित गरेको थियो। त्यस्तै कर्णालीले पहिलो खेलमा हार बेहोरेको थियो भने खप्तडले पहिलो खेलमा सगरमाथा सगरमाथा स्मासर्ससँग हार बेहोरेको थियो।  

केडिया समूहद्वारा आयोजित लिगमा ६ टोलीको सहभागिता रहेको छ। नेपाली पुरुष भलिबलमा पहिलोपटक आयोजना गरिएको फ्रेन्चाइज लिगको विजेताले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। यो नेपाली भलिबलमा अहिलेसम्मकै सर्वाधिक नगद पुरस्कार हो।

भदौ २७ गतेसम्म सञ्चालन हुने लिगमा ६ टोलीले एकअर्काविरुद्ध एकपटक खेल्नेछन्। लिग चरणको अन्त्यमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्नेछ। दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि निर्णायक खेल खेल्नेछन्।

प्रकाशित: Sep 06, 2026| 07:59 आइतबार, भदौ २१, २०८३
प्रतिक्रिया दिनुहोस्