आइतबार, भदौ २१, २०८३

नेपाल 'ए'ले आज न्यूजील्याण्ड 'ए' सँग खेल्दै

 |  आइतबार, भदौ २१, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०८३

काठमाडौं- नेपाल ए टिमले आज एकदिवसीय सिरिज अन्तर्गत अन्तिम खेलमा न्यूजील्याण्ड ए सँग खेल्दैछ। यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि शुरु हुदैछ।

नेपाल एले यसअघि खेलेका दुवै खेलमा साउथ अस्ट्रेलिया र तासमानियासँग हार बेहोरेको थियो।

नेपाल ए ले यसअघि टप एन्ड सिरिज खेलेको थियो। सिरिजमा नेपालले खेलेका ६ खेलमा २ खेल जितेको थियो भने ४ खेलमा हार बेहोरेको थियो।

नेपाल ए टिममा अनिलकुमार साह (कप्तान), त्रितराज दास, मयन यादव, कुशल भुर्तेल, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रसिद खान, नारायण जोशी, आकाश चन्द, साहब आलम, विपिन खत्री, युवराज खत्री र रिजन ढकाल रहेका छन्।

प्रकाशित: Sep 06, 2026| 06:57 आइतबार, भदौ २१, २०८३
प्रतिक्रिया दिनुहोस्