आइतबार, भदौ २१, २०८३

एसीसी प्रिमियर कपमा नेपालले आज साउदी अरेबियासँग खेल्दै

 |  आइतबार, भदौ २१, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०८३

काठमाडौं- नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत आज साउदी अरेबियाविरुद्ध खेल्दैछ। 

नेपाली समय अनुसार बिहान ७: १५ बजेदेखि शुरु हुने यो खेल मलेसियाको क्वालालम्पुरस्थित क्रिकेट मैदानमा हुदैछ।

नेपालले यसअघि पहिलो खेलमा बहराइनलाई ७ विकेटले र दोस्रो खेल मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। त्यस्तै साउदी अरेबियाले भने यसअघि खेलेका तीन खेलमा एक जित र २ हार बेहोरेको छ। 

नेपालले यस खेलपछि चौथो खेल सेप्टेम्बर ८ मा हङकङ चाइनासँग खेल्ने छ। यस प्रतियोगिताको विजेताले २०२७ को एसिया कपमा स्थान बनाउनेछ।

नेपाल क्रिकेट संघ (क्यान) ले यस प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टिम पठाएको छ। नेपाली टिममा सन्दीप लामिछाने (कप्तान), असिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजबंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा रहेका छन्।

प्रकाशित: Sep 06, 2026| 06:19 आइतबार, भदौ २१, २०८३
प्रतिक्रिया दिनुहोस्